काठमाडौँ, २२ असोज। भारतको गोरखपुरमा मुख्य कार्यालय रहेको ड्रिम डेभलपर्स टेडमार्ट कम्पनीको नाममा नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा तनहुँ आबुखैरेनीका लोकेश भन्ने लोकबहादुर मगर छन् । अभियुक्त मगरले कुनै काम तथा दुःख नै नगरी एक व्यक्तिले पाँच सदस्य बनाई प्रत्येक सदस्यबाट रकम सङ्कलन गरी कम्पनीलाई बुझाएको खण्डमा आकर्षक तलब दिने आश्वासन दिएका थिए ।
पीडित दिनेश कोइराला लगायतका २० जना युवालाई नेटवर्किङ व्यवसायको एजेन्ट नियुक्त गरी अभियुक्त मगरले सात दिनको तालिम लिन भारत जानुपर्छ भन्दै उनीहरूबाट १६ लाख ४० हजार रुपियाँ नगद उठाएको प्रहरीले जनाएको छ । सो रकम टे«डमार्टका कथित नेपाल निर्देशक भनिने काजी गुरुङ र मगरले आफूखुसी खर्च गरी २० जना बेरोजगार युवालाई ठगी गरेको जानकारी महाशाखा प्रहरीले दिएको छ ।
आकर्षक तलबको लोभ देखाउँदै सात दिनको तालिम समेत लिएर फर्किएका पीडितहरूले आकर्षक तलब त परै जाओस् अवैध नेटवर्किङ व्यवसायको विषयमा जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । महाशाखाले ठगीमा संलग्न अन्य अभियुक्तहरूको खोजी जारी रहेको जनाएको छ ।
यसैबीच, नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबिना विटक्वाइनको अवैध कारोबारमा संलग्न सात जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्ध्ुपाल्चोकका मिङमार तामाङ, ललितपुरका दमन बस्नेत र रूपन्देहीका मनिष गिरी छन् ।
यस समूहले चितवन तथा काठमाडाँैमा बसेर इन्टरनेट सेवा प्रयोग गरी मोबाइल र ल्यापटपबाट विटक्वाइनको कारोबार गर्ने गरेको पाइएको छ । विटक्वाइनलाई डलरको मूल्यमा समायोजन गरी बढी क्वाइन अर्थात् पैसा खानेलाई धेरै र कम खानेलाई थोरै रकम बुझ्ने गरेको प्रहरीको आरोप छ ।
सीआईबीका अनुसार विटक्वाइनको कारोबार सन् २००९ बाट सुरु भएको हो । यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । विटक्वाइन कारोबारीहरूले कर तथा राजस्व तिर्नु पर्दैन । प्रहरीका अनुसार, बिनास्वीकृति गरिएको यो एक किसिमको अवैध आर्थिक कारोबार हो ।
नेपालमा पनि सन् २०१३ बाट विटक्वाइनको कारोबार हुन थालेपछि नेपाल राष्ट्र बैङ्कले यस्तो कारोबारलाई पूर्ण रूपमा गैरकानुनी घोषणा गर्दै ग्राभिटी क्वाइन र क्राप्टोकरेन्सी लगायतका उपकरणको खरिद तथा किनबेचमा पनि रोक लगाइएको सीआईबीले जनाएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने