तीन दिनभित्र निर्वाचन क्षेत्र चयन गर्ने वाम गठबन्धनको निर्णय

left-unityकाठमाडौँ,  २० असोज । संयुक्त वाम गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको चयन केही दिनभित्रै हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका उम्मेदवार प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्र चयन गर्न गठन गरिएको कार्यदलले बिहीबार प्रारम्भिक काम थालेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार कार्यदल गठन भएको थियो । एमाले संसदीय दलको कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र क्षेत्र निर्धारण गर्न र सात दिनभित्र घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । ‘हामी निर्धारित समयमै क्षेत्र निर्धारणको काम सिध्याउने छौँ,’ पोखरेलले भन्नुभयो, ‘बिहीबार पहिलो बैठक गरेर प्रारम्भिक अवधारणामा छलफल भएको छ । उहाँले भन्नुभयो, शुक्रबार यसबारे विस्तृत छलफल हुनेछ । ’
कार्यदलले गठबन्धन बन्दा भएको सहमतिअनुसार प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र निर्धारण गर्ने छ । सहमतिअनुसार नयाँ शक्तिलाई केही स्थान दिएर बाँकी रहेको स्थानमा एमालेलाई ६० र माओवादीका लागि ४० प्रतिशत क्षेत्र तोकिने छ । संयोजक पोखरेलले २०७० सालको संविधानसभाको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर क्षेत्र निर्धारण गर्ने जानकारी दिनुभयो ।
उहाँले क्षेत्र विभाजन गर्द जित सुनिश्चित हुने अन्य आधारलाई पनि हेरिने बताउनुभयो । कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा पार्टी एकता संयोजन समितिले अन्तिम निर्णय गर्ने छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा रहेको घोषणापत्र मस्यौदा समितिले पनि प्रारम्भिक छलफल थालेको छ ।
घोषणापत्र मस्यौदा समितिका सदस्य एवम् माओवादी नेता देव गुरुङका अनुसार समितिले नयाँ संविधानअनुसार देशका सबै क्षेत्रलाई समृद्ध बनाउने गरी घोषणापत्र तयार गर्नेछ । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) चुनाव चिह्न आ–आफ्नै भए पनि साझा घोषणापत्रका साथ चुनाव लड्दै छन् ।

निर्वाचन क्षेत्र चयन गर्ने समितिमा एमालेको तर्फबाट पोख्रेलसँगै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका तर्फबाट नेता गङ्गा श्रेष्ठ सदस्य रहनुभएको छ ।
त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा गौतमसँगै भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा सदस्य हुनुहुन्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि