काठमाडौँ, २० असोज । संयुक्त वाम गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको चयन केही दिनभित्रै हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका उम्मेदवार प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्र चयन गर्न गठन गरिएको कार्यदलले बिहीबार प्रारम्भिक काम थालेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार कार्यदल गठन भएको थियो । एमाले संसदीय दलको कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र क्षेत्र निर्धारण गर्न र सात दिनभित्र घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । ‘हामी निर्धारित समयमै क्षेत्र निर्धारणको काम सिध्याउने छौँ,’ पोखरेलले भन्नुभयो, ‘बिहीबार पहिलो बैठक गरेर प्रारम्भिक अवधारणामा छलफल भएको छ । उहाँले भन्नुभयो, शुक्रबार यसबारे विस्तृत छलफल हुनेछ । ’
कार्यदलले गठबन्धन बन्दा भएको सहमतिअनुसार प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र निर्धारण गर्ने छ । सहमतिअनुसार नयाँ शक्तिलाई केही स्थान दिएर बाँकी रहेको स्थानमा एमालेलाई ६० र माओवादीका लागि ४० प्रतिशत क्षेत्र तोकिने छ । संयोजक पोखरेलले २०७० सालको संविधानसभाको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर क्षेत्र निर्धारण गर्ने जानकारी दिनुभयो ।
उहाँले क्षेत्र विभाजन गर्द जित सुनिश्चित हुने अन्य आधारलाई पनि हेरिने बताउनुभयो । कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा पार्टी एकता संयोजन समितिले अन्तिम निर्णय गर्ने छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा रहेको घोषणापत्र मस्यौदा समितिले पनि प्रारम्भिक छलफल थालेको छ ।
घोषणापत्र मस्यौदा समितिका सदस्य एवम् माओवादी नेता देव गुरुङका अनुसार समितिले नयाँ संविधानअनुसार देशका सबै क्षेत्रलाई समृद्ध बनाउने गरी घोषणापत्र तयार गर्नेछ । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) चुनाव चिह्न आ–आफ्नै भए पनि साझा घोषणापत्रका साथ चुनाव लड्दै छन् ।
निर्वाचन क्षेत्र चयन गर्ने समितिमा एमालेको तर्फबाट पोख्रेलसँगै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका तर्फबाट नेता गङ्गा श्रेष्ठ सदस्य रहनुभएको छ ।
त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा गौतमसँगै भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा सदस्य हुनुहुन्छ । गोरखापत्रमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद