नवराज सिलवाल एमाले प्रवेश गर्दै

१९ असोज, काठमाडौं । सर्बोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन् । सिलवाल एमाले प्रवेश गर्न लागेको एमाले काठमाडौंका अध्यक्ष कृष्ण राईले पुष्टि गरे ।

तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन । प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले अनलाइनखबरसँग भने, ‘सिलवालको राजीनामा स्वीकृत भएको पत्र हेडक्वाटरमा आएको छैन ।’

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हालेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए ।

उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल एमाले प्रवेश गर्न लागेको उनले बताए ।

यसअघि बिहीबार विहान कोजाग्रत पूणिर्माको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए ।

डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको निरन्तर सरकारसँग संघर्ष चल्यो । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्‍यो । त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए, जसको फैसला केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो ।
अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजिनामा दिएका थिए ।

सिलवालमाथि प्रहरी प्रमुख नबनाएपछि एमाले अध्यक्ष ओलीले अन्याय भएको भन्दै बचाउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक