प्रचण्ड र ‌ओलीबीच एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने

काठमाडौं, १८ असोज । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतापछि नयाँ कम्युनिष्ट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्न सहमत भएको नेताहरुले बताएका छन् ।Cpnuml-Maoist

वामपन्थी एकतामा सक्रिय रहेका गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य राख्ने सहमति केपी ओली र प्रचण्डबीच भइसकेको खुलासा गरेका हुन्। ‘नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर सूर्य चिन्हमा चुनाव लड्ने सहमति भइसकेको हो । तर कानुनी अड्चनका कारण यो चुनाव अगाडि एउटै पार्टी र एउटै चिन्हमा चुनाव लड्न सकिएन,’ शर्माले भने ।

त्यस्तै एकता वार्तामा सहभागी एमाले उपमहासचिव विष्णु पौडेलले चुनाव चिन्ह र पार्टीको नाममा सहमति भइसकेको भएता पनि कानुनी जटिलताले गर्दा आगामी चुनावमा एउटै चिन्ह लिएर चुनाव लड्न नसकिएको बताएका छन् । बाबुराम भट्टराई लगायत राजपाका विद्रोही नेताले भने सूर्य चिन्हमा नै चुनाव लड्ने स्रोतले जनाएको छ ।

आजभन्दा ७० वर्ष पहिला पुष्पलालले स्थापना गरेको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी नै थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक