October 4, 2017

अर्थ राज्यमन्त्री उदय शम्शेर राणा : चुनाव हार्ने डरले वाम एकता

काठमाडौं । अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले सत्ता स्वार्थका लागि तीन वाम घटकबीच  चुनावी तालमेल भएको बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै राणाले चुनावमा एक्ला–एक्लै जाँदा पराजित हुने डरले तीन दलहरुबीच तालमेल भएको बताए । ‘‘नाममा वाम एकता भने पनि सत्ता स्वार्थका लागि उनीहरु एक ठाउँमा उभिन बाध्य भएका हुन्,’’ अर्थ राज्यमन्त्री राणाले भने, ‘‘चुनावमा हारिन्छ कि भन्ने डरले एक भएका हुन् ।’’download

मंगबालर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने औपचारिक घोषणा भएको थियो । राणाले तीन दलबीचको तालमेल लोकतन्त्रका लागि खतरा भएको समेत बताए । लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन बाम शक्तिहरु एक भएको उनको दावी थियो ।

अर्थ राज्यमन्त्री राणाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकतावद्ध गर्ने बताए । उनले भने, ‘‘हामी लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा राखेर बृहत लोकतान्त्रिक गठबन्धन बनाउँछौ ।’’
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक