एकताको देखियो प्रभाव; १५०० एमालेमा प्रवेश

जितपुर, कपिलवस्तु, १८ असोज । नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।

स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक नेकपा  एमालसित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।

यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा यता कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।

महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका  थिए।

सो अवसरमा छोटो मन्तव्य राख्दै उनले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक