एकताको मुख्य लक्ष्य मुलुकको समृद्धि हो, सत्ता होइन : ओली

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले, माओवादी र नयाँ शक्तिको चुनावी तालमेल सत्ताको लागि नभएर मुलुकको समृद्धिको लागि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो मुख्य लक्ष्य मुलुकको समृद्धि हो सत्ता होइन, नेपालको जन्मुकुण्डलीमा २०७४ सालमा वामपन्थी र देशभक्तहरुको सरकार बन्ने त लेखेकै छ ।’

उनले कांग्रेसलाई व्यंग्य गर्दै भने,  ‘यसलाई कसैले मेट्न सक्दैन । बरु हाम्रो सहमतिले कतिपयलाई निद्रा नलाग्न सक्छ, स्लिपिङ ट्याबलेटको बिक्री बढी हुन सक्छ ।’

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्नेलगायत छबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि मन्तव्य राखेका उनले यो अभियानमा अन्य साना वाम दल र प्रगतिशील शक्तिलाई पनि सामेल गराउने घोषणा गराउने बताए ।

ओलीले यस सहमतिको उत्साह र बिना संकुचन कार्यान्वयनमा जुट्न सम्बद्ध सबै दलका कार्यकर्तामा आह्वान गरे । एमालेको मूल चरित्र नै एकता र एकीकरण भएकाले यसमा आफूहरु अभ्यस्त भएको उनको भनाइ थियो ।

उनले आफूहरु सबै छिमेकीसँग बराबरी राष्ट्रको हैसियतका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।a

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक