राष्ट्रकवि घिमिरे ९९ वर्षमा

काठमाडौंँ, ८ असोज । एक शताब्दीअघि लमजुङको पुस्तुनमा गीत गुनगुनाउन सिकेको एउटा बालकलाई त्यही गीतको भाखाले राष्ट्रिय व्यक्तित्व बनाउँछ । गीत रचनासँगै कविता कर्मलाई पनि समानान्तर रेखामा अगाडि बढाउँदै जाँदा त्यही बालक राष्ट्रकवि बन्ने सौभाग्य पाउँछ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवनको सफलतामा यिनै गीत र कविता सहायक बनेका छन् । तिनीले उहाँलाई दीर्घ साधक र दीर्घजीवी पनि बनाएको छ ।
प्रकृतिका सुन्दर फूललाई गीत र कवितामार्फत अझ सुन्दर मालामा उनेर मानव मुटुमा सजाइदिन सक्ने राष्ट्रकवि घिमिरे आफ्नो दीर्घ जीवनको रहस्य प्रकृति, पूmल, हरियाली रमणीय र हराभरा परिवेशलाई मान्नुहुन्छ । चराका चिरबिरलाई काव्यको भाषामा रूपान्तर गर्ने शिल्पी घिमिरेले परिष्कारवादी काव्य धारलाई सशक्त बनाउनुभयो ।
प्रत्येक वाक्य र बोलीलाई गीत बनाउन सक्ने गीति कवि घिमिरेले गीतबाटै चर्चित नाटक पनि लेख्नुभएको छ । यसरी उहाँको जीवन नै गीत र कविताको सङ्ग्रह र महाकाव्य आकारको सङ्ग्रह बनेको छ । विसं १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा यात्रा सुरु गर्नुभएका घिमिरे शनिबारबाट ९९ वर्षमा प्रवेश गर्नुभएको छ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ । उहाँको जन्मदिनको अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देश राष्ट्रकविको लैनचौरस्थित घरमै पुगेर राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्मा र स्वकीय सचिव शिव भट्टराईले हस्तान्तरण गर्नुभयो । सन्देशमा राष्ट्रपति भण्डारीले कविले विगत एक शताब्दीदेखि साहित्य सिर्जनाको माध्यमबाट पु¥याउनुभएको अतुलनीय योगदानप्रति आभार व्यक्त गर्दै कविको क्रियाशील जीवनको शुभकामना दिनुभएको थियो ।
त्यस अवसरमा कवि घिमिरेले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रपति कार्यालयबाटै शुभकामना सन्देश प्राप्त हुनु गौरवको कुरा हो, म यसबाट ज्यादै खुसी र कृतज्ञ छु भन्नुभयो । राष्ट्रकविको जन्मदिनको अवसरमा उहाँको निवासमा बिहानैदेखि साहित्य, गीत÷सङ्गीत क्षेत्रका व्यक्तित्वहरू र विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू पुष्पहार र फलफूलसहित जन्मदिनको शुभकामना दिन पुग्नुभएको थियो । लोकगायिका चन्द्रकला शाहले पनि आफ्नो पुस्तक समर्पण गर्दै राष्ट्रकविलाई जन्मोत्सवको शुभकामना दिनुभयो । यस उमेरमा पनि उहाँ हरेक दिन साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदै सक्रिय जीवन व्यतित गर्नुहुन्छ ।
उहाँको साहित्यक कृतिहरू विषकन्या, गौरी, उषा चरित्र, नवमञ्जरी, चारूचर्या, दुर्गा सप्तशती, नागानन्द, मनचिन्ते मुरली, हिमालवारि हिमालपारि, राजेश्वरी, पापिनी आमा, अश्वत्थामा, इन्द्रकुमारी, बोराको पर्दा र गौँथली र गजधम्मे बालसाहित्यका घामपानी, सुनपङ्खी चरी, बिजुला र बिजुलीलगायत थुप्रै सङ्ग्रह, गीतले नेपाली साहित्यको भण्डार भरिपूर्ण भएको छ ।
बनारसबाट शास्त्री पहिलो खण्ड उत्तीर्ण गरेपछि विसं १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपियाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपियाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभएको प्रसङ्ग घिमिरेले पटकपटक बताउँदै आउनुभएको छ । घिमिरे २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहेर देवकोटाको लामो सङ्गतमा रहनुभएको थियो ।
‘नेपाली हामी रहुला कहाँ नेपालै नरहे’, यो नेपाली शिर उचाली जस्ता कालजयी गीतमार्फत नेपालीलाई राष्ट्रियताको मालामा उन्नुभएका घिमिरेको नवमञ्जरी, घामपानी, नयाँ नेपाल किन्नर–किन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । गोरखापत्रमा खबर छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक