राष्ट्रपति : गैर सरकारी संस्थाको काम र गतिविधि अनुगमन गरिनुपर्छ

काठमाडौं, ६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संस्थाको काम र गतिविधि अनुगमन गरिनुपर्ने बताएकी छन् ।

Bidhyadeviसमाज कल्याण परिषदले शुक्रबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले गैरसरकारी संस्थाहरूको कार्यक्रमलाई सार्थक परिणाम आउने गरी परिचालन गर्न नीतिगत व्यवस्था निर्माण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै त्यसको गुणात्मक पक्षलाई समेत आत्मसात गर्नुपर्नेमा जोड दिइन् । ‘संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, गैरसरकारी संस्थाका गतिविधि र उपलब्धिलाई सार्वजनिक गर्ने, कामलाई संस्थागत गर्ने र मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा संघसंस्थालाई निष्पक्ष, पारदर्शी र जवाफदेहीलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना