के कारण सिद्धार्थ र आलियाको ब्रेकअप ?

 बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबीच लामो समयदेखि अफेयर चलिरहेको थियो । उनीहरु दुवैलाई सञ्चार माध्यमले धेरै पटकसँगै रमाइरहेको भेटेको छ । तर, अहिले भने उनीहरुको ब्रेकअप भएको खबरले बलिउडमा चर्चा चुलिएको छ ।

alia-and-sid

विभिन्न स्रोतले यसको मुख्य कारण ज्याकलिन रहेको बताउँदै आएका थिए । ज्याकलिन र सिद्धार्थले फिल्म ‘अ जेन्टलम्यान’मा साथ काम गरेका थिए । केही समयअघि मात्र रिलिज भएको यस फिल्मको प्रोमोशनको क्रममा उनीहरु निकै नजिक देखा परेका थिए । एउटै फिल्ममा काम गर्दा ज्याकलिन र सिद्धार्थ नजिकिँदै गएपछि आलिया चिन्तामा पर्नु स्वभाविक थियो । आलियाबाट सिद्धार्थ टाढा हुँदै गएपछि उनीहरुको ब्रेकअपको खबर बाहिर आएको हो । त्यसैले ज्याकलिनकै कारणले उनीहरुको ब्रेकअप भएको हुन सक्ने धेरैले अनुमान गरेका थिए ।

तर, वास्तविकता अर्कै रहेको पाइएको छ । उनीहरुको सम्बन्ध ज्याकलिनका कारणले नभई आलियाका पूर्वप्रेमीका कारणले भएको बताइएको छ । फिल्म खेल्नुअघि आलिया अलि दादरकर नामक उनको साथीसँग प्रेममा थिइन् ।

उनीहरुको ब्रेकअप भएपछि आलिया सिद्धार्थसँग देखिन थालेकी थिइन् । तर, हालै फेरि आलियाले पूर्वप्रेमी अलि र उनकी बाल्यकालकी साथी आकांक्षासँग रमाइलो गरिरहेको तस्बिर पोस्ट गरेकी छन् । आफ्नो इंस्टाग्राममा उनले अलीसँग छुट्टी मनाइरहेको तस्बिर पोष्ट गरेकी थिइन् । यसरी एकाएक सिद्धार्थलाई छाडेर पूर्वप्रेमीसँग तस्बिर राखेपछि उनीहरुको सम्बन्धबारे प्रश्न उठेको हो ।  कतै आलिया र पूर्वप्रेमी अलि पुन: सम्बन्धमा त छैनन् ? आलिया र सिद्धार्थबीचको बिग्रँदो सम्बन्धको मुख्य कारण पनि यही हुन सक्ने धेरैले अनुमान गरेका हुन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं