सरकारले सुन्न छाडिसक्यो निर्वाचन आयोग : सरकारको छायामा निर्वाचन आयोग

काठमाडौँ, ६ असोज ।  निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय सच्याउन आग्रह गरे पनि उनले आयोगको आग्रह सुन्या नसुन्यै गरे ।

प्रधानमन्त्री देउवाले भदौ २६ र असोज २ मा मन्त्रिपरिषद् विस्तार गरी आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई ५६ सदस्यीय पुर्‍याएपछि आयोगले पछिल्लो विस्तारलाई गम्भीरतापूर्वक लिँदै निर्णय सच्याउन आग्रह गरेको थियो ।Election-Commission-Nepal

देउवाको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णपछि लगत्तै आयोगले विज्ञप्तिमार्फत भनेको थियो, ‘आचारसंहिता जारी भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र निष्पक्षता कुण्ठित हुनुका साथै संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिम शक्तिसन्तुलन तथा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएकाले तत्काल निर्णय सच्याउन आयोग आग्रह गर्दछ ।’

स्थानीय निकायका पहिलो, दोस्रो र तेस्रो चरण निर्वाचनका बेला पटक-पटक आचारसंहिता उल्लंघन हुँदा निरीह देखिएको आयोगले आफ्नो संवैधानिक भूमिकामाथि सरकारले हस्तक्षेप गर्न थालेको महसुस गर्न थालेको छ । तर, सरकार आयोगको आग्रहप्रति बेपर्वाह देखिन्छ ।

आयोगका एक उच्च अधिकारी भन्छन्, ‘सरकारले हाम्रा कुरा सुन्न छाडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक