September 21, 2017

एक मतले हारेका एमाले उम्मेदवार पुनः गणना गर्दा ११ मतले विजयी

५ असाेज ,पर्सा : प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकामा मतगणनाका क्रममा ठूलो चलखेल १ मतले पराजित बनाइएका उमेद्वार पुन मतगणना गर्दा ११ मतले बिजय भएका छन् ।

३० नम्बर वडामा बुधबार साँझ निर्वाचन अधिकारीले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजयी भएको घोषणा गरे । लगत्तै एमाले साँसदद्वय बिचारी यादव र राजकुमार गुप्ताले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै विरोधमा उत्रिई पुनः गणनाको माग गरे ।

एमालेको मागपछि पुनःमतणना भयो । दोस्रोपटक गणना गर्दा वडा नम्बर ३० मा ४६६ मत प्राप्त गरेका एमाले उम्मेदवार अमानत मिया बिजयी भए । मियाले यसअघि १ मतले जितेका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अलि हुसेन देवानलाई ११ मतको अन्तरले हराए ।

यो घटनापछि एमालेले निर्वाचन कर्मचारीबाट ४५ वटा मतपत्र लुकाएर काँग्रेस उम्मेदवारलाई १ मतले विजयी घोषणा गरिएको आरोप लगाएको छ र निर्वाचन आयोगको निष्पक्षामाथि प्रश्न उठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना