१७ वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम

५ असोज, काठमाडौं : प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते निर्वाचन भएका स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

sthaniya-taha-ko-election-nirbachan_wHK52XW3OWनिर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस छ, नेकपा (एमाले) चार, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम दुई/दुई र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले एक स्थानीय तहमा विजयी भएका छन् ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि