आमाको अन्तिम संस्कार रोकेर पनि गरे मतदान

गौशाला, ३ असोज :  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताए ।

करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् ।

सोमबार बिहान मतदान शुरु हुनुभन्दा अगाडि नै नरेशकी आमाको मृत्यु भएको थियो तर उनी र उनका परिवारका सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने र आज बिहान मात्र आमाको अन्तिम संस्कार गर्ने भन्दै अन्तिम संस्कार गरेनन् ।

आमाको मृत्युभएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो