सर्लाहीमा माओवादी र राजपा कार्यकर्ताबीच कुटाकुट

सप्तरीको हनुमाननगर, रौतहटको मौलापुर नगरपालिका–३ पछि अब सर्लाहीको सर्लाहीको कौडेना गाउँपालिका-४ मोतिपुरमा माओवादी र राजपा कार्यकर्ताबीच कुटाकुट भएको छ । कुटाकुटमा परी १० जना घाइते भएका छन् ।

sss

यसअघि सप्तरीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान प्रभावित भएको थियो । त्यहा अहिले स्थिति तनावग्रस्त छ । मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झगडा सुरु भएको सुचनाकेन्द्र डटकमका सम्बाददाताहरुले जनाइएका छन् ।

राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ । झडप भएपछि मतदान केही बेर प्रभावित बनेको छ । स्थिति तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रौतहटको मौलापुर नगरपालिका–३ को एक मतदान केन्द्रमा गोली चलेको छ । शान्तिपूर्ण रुपमा मतदान चलिरहँदा एकाएक दलका स्वयंसेवक कार्यकर्ताहरुबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली चलेपछि मतदान प्रभावित भएको छ । आधा घण्टा मतदान रोकिएको मतदान अधिकृतले जानकारी दिएका छन् । माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताहरुबीच झडप भएको हो ।

सोमबार विहान माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै संघीय समाजवादी फोरमले विरोध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि