आयोगको चेतावनी : आचार संहिता उलंघन गरे उम्मेदवारी खारेज हुन्छ

२० भदौ, काठमाडौं – निर्वाचन आयोगले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि भोली हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन दलहरुलाई आह्वान गरेको छ ।

election-commission-nepal_P32IPCjKVMआयोगले आज पत्रकार सम्मेलन गर्दे प्रदेश नम्बर दुईको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै दलहरुलाई उम्मेद्वारी मनोनयनमा सहभागी हुन आह्वान गरेको हो ।

प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिन उत्साहपूर्वक उम्मेद्वारी दर्ता गराउन दलहरु र उम्मेद्वारहलाई आग्रह गरे ।

प्रमुख आयुक्त यादवले प्रदेश नम्बर २ मा सबै दल निर्वाचनमा सहभागी हुन लागेकाले आयोग हर्षित भएको बताए । यस्तै प्रमुख आयुक्त यादवले आचारसंहिताको पालना गर्न उम्मेदवारलाई आग्रह गर्दै आचारसंहिता उलंघन गरे उम्मेदवारी नैं खारेज हुने चेतावनी दिनुभयो ।

प्रदेश नम्बर दुईका १ सय ३६ स्थानीय तहमध्ये एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनवाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

आयोगले निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना