‘भारतीय नाकाबन्दीका कारण नेपालले औषधिमा मात्रै २० अर्ब गुमायो’

१९ भदौ, काठमाडौं । भारतीय नाकाबन्दीका कारण नेपालले औषधि किन्न साविकभन्दा कम परिमाणको औषधिका लागि करिब रू २ अर्ब  बढी खर्च गर्नु परेको तथ्य प्रकाशमा आएको छ ।

1

लन्डनबाट प्रकाशित हुने ‘बायो मेड सेन्ट्रल‘ को एक जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार उक्त रकमले काठमाडौको आधा जनसंख्यालाई एक वर्षसम्म स्वास्थ्य  सेवा उपलब्ध गराउने पुग्छ ।

 

बोस्टन विश्वविद्यालयका अभिषेक शर्मा, नेपाल डेभेलपमेन्ट सोसाइटीका शिवराज मिश्र र बोस्टनकै वारेन काप्लनाले गरेको सो अध्ययनले भारतीय नाकाबन्दीको बेला सेप्टम्बर २०१५ देखि फेब्रुअरी २०१६ सम्मको अवधिमा भारतीय  नाकाहरूबाट नेपालले ३ लाख ४३ हजार ८७० केजी औषधि आयात गरेको थियो । अघिल्लो वर्ष सोही अवधिमा नेपालले करिब ४६.५ प्रतिशत बढी अर्थात् ६ लाख ४२ हजार १६३ केजी औषधि आयात गरेको थियो ।

आयात हुने औषधिको परिमाणमा ४६.५ प्रतिशतले कमि आए पनि नेपालले  २ अर्ब २३ करोड रूपैयाँ बढी रकम भुक्तान गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

‘नाकाबन्दी छोटो समयकालागि भए पनि यसले नेपाल जाने औषधिको परिमाण र मूल्यमा तत्काल प्रभाव पारेको र औषधि खरिदमा खर्च भएको अतिरिक्त रकम जनस्वास्थ्यका अरु कार्यहरूमा लगाउन सकिन्थ्यो’, अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनका लेखकहरुले भनेका छन्, ‘भारतले लगाएको नाकाबन्दी एउटा भू-राजनैतिक तथा प्राकृतिक प्रयोग थियो र  यसले एउटा भूपरिवेष्ठित देश आफ्नो प्राथमिक व्यापार सझेदारको अनपेक्षित व्यवहारका कारण कसरी जोखिममा पर्न सक्छ भनेर देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना