कांग्रेसका नगर सभापतिसहित २७० जना माओवादी केन्द्रमा प्रवेश

१८ भदाै,बारा – बाराको कोल्हबी नगरमा आयोजित जनसभामा नेपाली कांग्रेसका नगर सभापति मञ्जुदेवी चौधरीसहित २७० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

UCPN-Aamsabha5

कार्यक्रममा कांग्रेस, एमाले लगायतका पार्टी परित्याग गरि उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सभामा बोल्दै अध्यक्ष प्रचण्डले बाराका जनताको भविष्य उज्जवल भएको बताएका छन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘फास्ट ट्रयाकको मैले नै शिलान्यास गरेको छु, अन्तराष्ट्रिय बिमानस्थल बन्दैछ, हुलाकी मार्ग बन्दैछ । यसका लागि तपाईहरुलाई अग्रिम शुभकामना दिन चाहन्छु ।’

प्रचण्डले भने, ‘हामी क्रान्तिका लागि मात्रै होइन, विकासको क्रान्तिका लागि पनि त्यत्तिकै सिपालु छौं । दस महिनामा हामीले जुन मेहेनत गर्यौं, त्यसले विकास र समृद्धिको नेतृत्व पनि माओवादीले गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना