मुम्बई– विश्व प्रसिद्ध म्यागेजिन फोर्सले सबैभन्दा बढी कमाई गर्ने अभिनेताको सूचि सार्वजनिक गरेको छ । बलिउडको लागि खुसीको कुरो यो छ कि उक्त सूचिमा बलिउडका तीन अभिनेता उत्कृष्ट १० भित्र परेका छन् । जसको ८ औं स्थानमा शाहरुख खान, ९ औं स्थानमा सलमान खान र १० औं स्थानमा अक्षयकुमार परेका छन् । अघिल्लो बर्ष फोर्सको सुचिका सबैभन्दा बढी कमाउ अभिनेताको सूचिमा बलिउडका तीन खान अर्थात शाहरुख, सलमान र अमिर परेका थिए । बलिउडका अन्य केही कलाकार कमाइको मामिलामा अहिले पनि अगाडि रहने गरेका छन् । बलिउड कलाकारको कमाई आज हामीले चर्चाको बिषय बनाएका छौ ।
सलमान खान : २०१६ मा सलमानले बलिउड अभिनेता मध्य सबैभन्दा धेरै कमाइ गरेका छन् । उनले यो वर्ष एक चलचित्रका लागि ६० करोड समेत शुल्क लिएका थिए ।
अमिर खान : अमिर खान २०१६ मा दोस्रा स्थामा रहेका थिए । उनले एक चलचित्रका लागि ५० करोड शुल्कसम्म लिएका थिए ।
शाहरुख खान : शाहरुले पनि बढि पैसा लिने अभिनेताको सूचिमा सधै पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ३० देखि ४० करोडसम्म लिने गरेका छन् ।
अक्षय कुमार : एक्सन हिरो अक्षयकुमार वर्षमा धेरै ट्याक्स भर्ने अभिनेतामा पनि पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ४० देखि ४५ करोड सम्म लिने गरेका छन् ।
रिलिक रोशन : कम चलचित्रमा काम गर्ने अभिनेता रितिक रोशन हुन् । उनले चलचित्र मोहनजोदारोका लागि ५० करोर्ड फिस लिएका थिए । उनी हर चलचित्रमा ४० करोर्ड भन्दा बढि फिस लिने गरेका गर्दछन् ।
अजय देवगन : बलिउडमा अजय देवगनको फिस लिने तरिका अन्य अभिनेता भन्दा फरक छ । उनी हरेक चलचित्रका लागि २२ देखि २५ करोडसम्म लिने गर्दछन् ।
रणबिर कपुर : बलिउडका क्युट हिरो रणबीर कपुरले २०१६ मा एक चलचित्रको २५ करोर्ड शुल्क लिएको रेकड छ ।
रणबिर सिंह : रणबिर सिंह बाजीराव मस्तानीका कारणले चर्चित छन् । यो चलचित्रले उनको डिमान्ट पनि निकै बढाएको छ । २०१६मा उनले एक चलचित्रको २० करोड लिएको रेकर्ड छ ।
शाहिद कपुर : शाहिदले २०१६ मा धेरै कमाइ गरेका छन् । उनले एक चलचित्रका लागि १५ देखि १८ करोडसम्म लिएको रेकर्ड छ ।
एजेन्सी
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको