काठमाडौं, १२ भदौ – राजश्व अनुसन्धान विभागले हुण्डी कारोबारी विरुद्ध अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा दायर गरेको छ । विभागले काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

चार अर्व १४ करोड विगो दावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक भुपाल बरालले जानकारी दिए । राजश्व छलिमा विगोको तीन गुणा सम्म जरिवाना समेत लिन पाउने कानूनी व्यवस्था रहेको छ । कति जरिवाना तोक्ने भन्ने विषय अदालतको हातमा छ ।
विभागले काठमाडौंमा बसेर हुण्डी कारोबार गर्ने ७ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार मिलन गुरुङ, धरमकुमार गुरुङ, निलिमा थामी राई, राजेन्द्रमान गुरुङ, विद्यादेवी गुरुङ, दलबहादु पुन र लबकुमार नेपाल विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।
उनीहरुलाई प्रहरीले जेबु टुर्सबाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागि विभागको जिम्मा लगाएको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि