प्रधानमन्त्री देउवाको भ्रमणमा उठेन बुलेट

नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो । आजको न्नपूर्ण पोस्टमा खबर छ ।

5

भ्रमणमा ‘चर्चा’ समेत पाउन सकेन
भ्रमणमा ‘चर्चा’ समेत पाउन सकेनवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ ।

सरकारको लाचारीपन
व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङदम्बेले सरकारको लाचारीपनका कारण नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा आउन नसकेको टिप्पणी गरेका छन् ।

खर्च  कति ?
एक्सप्लोसिभ विभागले नेपाली नम्बर प्लेटको बुलेटलाई एक्सप्लोसिभ अनुमति र प्रमाणपत्र दिन नसक्दा आठ महिनादेखि ५३ वटा ग्यास रिफिलिङ गर्ने उद्योगको चार सय थान नेपाली नम्बर प्लेटको बुलेट भारतको हरियाणा, राजापुर, बडौंदा, पुणे र दिल्लीमा अलपत्र परेका छन् । एउटा बुलेट निर्माण गर्न नेपाली उद्योगीको ७० लाख रुपैयाँ खर्च परेको छ । यसबाहेक थप तीन सय ७५ वटा बुलेटको निर्माण अन्तिम चरणमा पुगेको छ । व्यवसायीले नेपाल आयल निगमबाट सात सय ७५ वटा बुलेट सञ्चालनसम्बन्धी अनुमति प्राप्त गरेका थिए ।

पाँच अर्ब जोखिममा
यसरी हिसाब गर्दा विस्फोटन विभागबाट सञ्चालनसम्बन्धी अनुमति नपाउँदा व्यवसायीको साढे पाँच अर्ब रुपैयाँ जोखिममा परेको छ । व्यवसायीले बैंकबाट ७० प्रतिशत ऋण उठाएर उक्त बुलेट निर्माण गर्न लगाएका थिए । विस्फोटनसम्बन्धी प्रमाणपत्र अभावमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले उक्त बुलेटमा लोड दिन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि