चुनावमा जाने राजपाको निर्णय, चुनाव चिन्ह साइकल

काठमाडौं, ८ भदौ – चुनावमा जाने वा नजाने विषयमा अन्योलमा रहेको राजपाले बुधवार निर्वाचनमा जाने निर्णय गरेसँगै आज चुनाव चिन्हको विषय पनि टुंगो लगाएको छ ।

rajapa-nepal

राजापाले साइकल चुनाव चिन्ह लिएर चुनावमा जाने निर्णय गरेको हो । हिँजो राजापा बैठकले चुनावमा जाने निर्णय गरेको थियो । आज राजपाको अध्यक्ष मण्डलको बैठकले चुनाव चिन्हका विषयमा सहमति गरेको छ । 

पार्टीका महासचिव सुमन मनीषले अब उम्मेदवार चयनका लागि मापदण्ड तय गर्ने, निर्वाचन समिति गठन गरी कार्यक्रम र नारा बनाउनेलगायत विषयमा छलफल हुन बाँकी रहेको बताए । 

राजापको बैठकले प्रचारप्रसार समिति, घोषणापत्र समिति, आर्थिक समिति, उम्मेदवार चयन संयन्त्र, केन्द्रीय नेता परिचालन, चुनाव चिन्ह छनोटजस्ता निर्णय लिने सुमनले बताए । यसअघि पदाधिकारी बैठक दुई दिनसम्म चलेको थियो । 

अब राजपा असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने छ । संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेपछि आफूहरु चुनावमा जाने राजपाले बताएको थियो । संविधान संशोधन विधेयक पेश भएर पनि असफल भइसकेको छ । अब राजपामा चुनावमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने