आगलागीबाट अम्बे इन्टरप्राईजेजमा एक करोड बरावरकाे क्षति

८ भदौ, सुनसरी – सुनसरीको इटहरी मुख्यचौकमा रहेको अम्बे इन्टरप्राईजेजमा आगलागी हुदाँ एक करोड बरावरको क्षति भएको छ । पुस्तकको होलसेल पसल सञ्चालन गर्दै आएको अम्बे इन्टरप्राईजेजमा आगलागी हुँदा भण्डार गरिएका पुस्तकहरु जलेर नोक्सानी भएको हो ।

aago-1इटहरीको मुख्य चौक पुर्व पट्टी रहेको इन्टरप्राईजेजको पुस्तक भण्डारमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागिका कारण भण्डारण गरि राखेका पुस्तक तथा स्टेशनरी सामान जलेका थिए भने आगो नियन्त्रणका लागि आएका बारुण यन्त्रको पानीले समेत नजलेका पुस्तकहरु समेत क्षति पुगेको छ ।

आगो इटहरी उपमहानगरपालिकाको बारुण यन्त्र, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगलागि भएको घर इटहरी उपमहानगरपालिका नजिकै रहेका कारण बारुण यन्त्र समयमै पुगेपछि आगो केही समयमै नियन्त्रणमा आएको थियो ।

इटहरी बजारमा विहिबार पसलहरु बन्द हुने भएकाले भण्डार कक्ष पनि आज बन्द रहेका कारण पनि विद्युत सर्ट भएर नै आगलागि भएको अनुमान गरिएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेपनि सञ्चालन सञ्जीव सत्यालले एक करोड वरावरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको वताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो