एमालेको आयो नयाँ धारणा

७ भदौ, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नियोजित रुपमा नै सत्तापक्षले संबिधान संसोधन बिधेयक फेल गराएको ठहर गरेको छ ।

UML-Standing-Committee-Balkot

पार्टी मुख्यालय धुम्वाराहीमा आज बसेको एमाले स्थायी कमिटि बैठकले एमाले पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाउन सत्तापक्षले नियोजित रुपमा संविधान संशोधनको विधेयक फेल गराएको निष्कर्ष निकालेको हो ।

प्रतिपक्ष दल एमालेसंग कुनै छलफल नै नगरि संसोधन बिद्ययेक सदनबाट अघि बढाउनुले पनि पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाईएको एमालेको आरोप छ ।

बैठकपछि एमाले सचिव युवराज ज्ञवालीले मधेसी दलसँग एमालेको दूरी बढाउने र एमालेलाई लाञ्छना लगाउन सरकारले संशोधन विधेयक फेल गराएको बताए ।

यस्तै बैठकमा प्रदेशसभा र प्रतिनिधिसाको चुनावको तयारीबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिए । बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावको लागि दल दर्ता गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आउँदो आइतबारसम्ममा दल दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने