७ भदौ, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नियोजित रुपमा नै सत्तापक्षले संबिधान संसोधन बिधेयक फेल गराएको ठहर गरेको छ ।
पार्टी मुख्यालय धुम्वाराहीमा आज बसेको एमाले स्थायी कमिटि बैठकले एमाले पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाउन सत्तापक्षले नियोजित रुपमा संविधान संशोधनको विधेयक फेल गराएको निष्कर्ष निकालेको हो ।
प्रतिपक्ष दल एमालेसंग कुनै छलफल नै नगरि संसोधन बिद्ययेक सदनबाट अघि बढाउनुले पनि पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाईएको एमालेको आरोप छ ।
बैठकपछि एमाले सचिव युवराज ज्ञवालीले मधेसी दलसँग एमालेको दूरी बढाउने र एमालेलाई लाञ्छना लगाउन सरकारले संशोधन विधेयक फेल गराएको बताए ।
यस्तै बैठकमा प्रदेशसभा र प्रतिनिधिसाको चुनावको तयारीबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिए । बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावको लागि दल दर्ता गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आउँदो आइतबारसम्ममा दल दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा