धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

६ भदौ,सिन्धुली- सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ ।

Dhurmus-suntaliकमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल (धुर्मस)ले बताए ।

राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक छ भने ।

परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उहाँले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गरे ।

आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिए, “म एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ ।”

साउन २८ गते बिहान २ बजे पहिरोमा घरसहित पुरिएर उदयबहादुर खड्काका एक श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको थियो ।
धुर्मुसले उदयका आमा ६५ वर्षीय देवीमायालाई कनपा–६ मा रहेको रामेश्वरधाम मन्दिरमा पुगेर भेट गर्दै विपतमा तपाई एक्लै हुनुहुन्न साथ दिने म छु भन्दै अबका दिनमा सुरक्षित आवसको व्यवस्था मिलाउन लाग्ने समेत बताए ।

धुर्मुसले सुरक्षित आवास तथा पुनःस्थापनाका लागि रु ४० हजार सहयोग गरेका छन् । उदयका परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा बसोवास गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा