ओली: जे कुरामा पनि एमालेलाई दोष !

६ भदौ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे कुरामा पनि सरकारले प्रतिपक्षलाई दोष दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

kp-oli-samsadव्यवस्थापिका संसदको विशेष समयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘डाक्टर केसी अनशनमा पनि एमाले दोषी, हुँदाहुँदा संविधान संसोधन पास नहुनुमा पनि एमाले दोषी ? सरकारले पास हुँदैन भन्ने जान्दाजान्दै संविधान संसोधन विधेयक ल्याएको भन्दै ओलीले त्यसको जिम्मेबार सत्तापक्ष हुनुपर्ने जिकिर गरे ।

बाढी पीडितलाई राहत र उद्दारमा सरकारले चासो नदिएको भन्दै ओलीले राहत वितरण र अनुगमनमा एमालेलाई दोषी देखाउँदै सत्तापक्षले राजनीति गरिरहेको आरोप लगाए ।

बाढी पहिरोले बाटो बिगारेको छ, सरकार हेलिकोप्टर चढेर बाढी पीडितकहाँ पुग्छ, अनि आफ्नै हेलिकप्टर चढेर गएको जस्तो एमाले आएन, प्रतिपक्षी जिम्मेबार भएन भनेर अनर्गल प्रचार गर्ने काम गरिरहेको छ ।

उनले अगाडि थपे, स्रोत साधन पनि आफ्नै जस्तो गरेको छ, राहत पनि गोजीबाटै दिएको जस्तो गरेको छ, यो सबै राज्यको हो भन्ने कुरा हेक्का राख्नुपर्यो ।

प्रतिपक्षलाई राहत वितरणमा नलगेर भ्रम छरेर आउने गरेको ओलीको आरोप थियो । अर्को प्रसङ्गमा अध्यक्ष ओलीले मंसिर १० गते बाँकी दुवै चुनाव एकैचरणमा गर्ने भनेर निर्णय गरेपनि सरकारले निर्वाचन कानुन दिन नसकेको भन्दै आपत्ति जनाए ।

प्रदेश सभा र प्रतिनिधिसभा चुनाव ऐन चाहियो भनेर निर्वाचन आयोगले भनिरहेको छ दुबै अहिलेसम्म छैन ओलीले भने, यो हाम्रो कारणले होइन, किन चाहिने ऐन नियमहरु संसदमा ल्याउनुहुन्न, ओलीले भने, सत्तापक्षभित्र के खिचडी पाक्दैछ ? ओलीले अधिकांश समय सत्तापक्षको आलोचनामा खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने