निधि : केपी ओलीले आफ्नै हस्ताक्षर उल्लंघन गरे

५ भदौ,काठमाडौं– कांग्रेस सांसद विमलेन्द्र नीधिले संविधान संशोधनको बाधक प्रमुख प्रतिपक्षी नेकपा एमाले भएको बताएका छन् ।

Nidhi-Oli-2

संसद बैठकमा संविधान सशोधनमाथि सोमबार भएको दफावार छलफलमा बोल्दै नेता नीधिले बादविवाद र छलफलपछि संशोधन विधेयक छलफलमा प्रस्तुत भएपनि एमालेले विधेयकको सधै विरोध गरेर मधेसी जनतालाई अधिकार नदिन चाहेको बताए ।

उनले संशोधनका लागि समेटिएका भाषा, नागरिकता, सिमाङकन धेरै महत्वपुर्ण भएकाले समर्थन गर्न आग्रह समेत गरे । उनले भने ‘समाबेशी संविधान जारी भएपनि त्यसमा प्रमुख दलबाहेकका दलहरु बाहिरै छन् । उनीहरुलाई पनि संविधानको स्वीकार्यता गर्न जरुरी छ ।’

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्दाका अवस्थामा असन्तुष्टपक्षलाई मान्य हुने गरी संशोधन गरिनेछ भनेको र अन्य राजनीतिक दलहरुले संविधानलाई गतिशिल दस्तावेज भने पनि संशोधन गर्ने कुरामा एमाले सधै बाधक बनेको नीधिको भनाई थियो ।

उनले सिमाङकनका सम्बन्धमा ५ नंम्बर प्रदेशको हेरफेर गर्न केपी ओलीले आफैले हस्ताक्षर गरेपनि त्यसको उल्लंघन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना