३ भदौ, काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी र अपराध नियन्त्रण गर्ने गृह प्रशासनको अभियानमा हातेमालो गर्न युवाहरुलाई आह्वान गरेका छन् । आफू देशमा निःस्वार्थ शान्ति सुरक्षा कायम गर्न क्रियाशील रहेको भन्दै उनले गुण्डागर्दी, अनियमितता र अपराधको सूचना दिएर सहयोग गर्न युवाहरुलाई आग्रह गरे ।
वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार कोटेश्वरमा सम्बोधन गर्दै मन्त्री शर्माले गुण्डागर्दी र अपराधविरुद्ध आफूले ल्याउन लागेको ‘क्लिन काठमाडौं’को अभियानमा युवाहरुको साथ पाउने विश्वास व्यक्त गरे ।
‘के तपाईंहरु क्लिन काठमाडौं बनाउन कुचो समात्न तयार हुनुहुन्छ ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘यदि कुचो समात्न तयार हुनुहुन्छ भने तपाईंहरुले युवा खोज्ने होइन, युवाहरु तपाईको संगठन खोज्दै आउनेछन् । वाईसीएलको संगठनमा उभार आउनेछ ।’
अहिले विकृति र विसंगति हटाउने अवसर आएको भन्दै उनले भने, ‘मलाई अनियमितताको सूचना दिनुस् म नियन्त्रण गर्छु । त्यसलाई ठीक पार्ने सरकार र संयन्त्र हामीसँग छ । तपाईं युवाहरुले साथ दिनुस् । हामी मिलेर जनताको अझै धेरै सेवा गरौं ।’
वाईसीएललाई वैकल्पिक शक्ति बन्न सुझाव
उनले वाईसीएल वैकल्पिक शक्तिको रुपमा आउनुपर्ने धारणा पनि राखे । त्यसका लागि संगठनको नयाँ फर्मेसन बनाउन र जुझारु नेतृत्व चयन गर्न मन्त्री शर्माले सुझाव दिए ।
आर्थिक समृद्धि र विकासको एजेण्डा बिनाको संगठनको अब काम नहुने भन्दै उनले त्यसैअनुसारको योजना र कार्यक्रम बनाउन वाईसीएललाई सुझाव दिए । ‘पार्टीले दुई चार पैसा दिएर कार्यकर्ताको संरक्षण हुँदैन । योजना र कामले पार्टीपंक्तिको संरक्षण गर्न सकिन्छ,’ मन्त्री शर्माले भने ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा