३ भदौ,काठमाडौ – त्रिभुवन विश्विविद्यालय अन्तर्गतका विभिन्न आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुले आफ्ना मागहरुप्रति विश्वविद्यालय तथा सरकार गम्भीर नभएको निष्कर्षसहित आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।
नेपालका विभिन्न जिल्लाका त्रिवि आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सहभागिता रहेको धर्नामा बोल्ने वक्ताहरूले राज्य र विश्वविद्यालयबाट आंशिक प्राध्यापकहरुमाथि बौद्धिक शोषण भएको तथा उनीहरुको योगदानको कदर नभएको भन्दै यथाशीघ्र समस्या समाधान गर्न माग गरे ।
नक्सालस्थित भाटभटेनीबाट निक्लेको प्राध्यापकहरूको विरोध जुलुश प्रधानमन्त्री निवास छेउ पुगी धर्ना तथा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै संघका अध्यक्ष शशीकुमार शर्मा, सहअध्यक्ष नरेन्द्र भण्डारी तथा वाग्लुंग,धनुषा, बुटवल, पोखरा लगायतका जिल्लाका प्रतिनिधि वक्ताहरुले आंशिक प्राध्यापकहरुमाथि राज्यद्वारा भइरहेको शोषण तथा अन्यायको अन्त्य गरी विश्वविद्ध्यालयलाई मर्यादित शिक्षाको केन्द्र बनाउनुपर्ने बताए ।
उता, नेपाल आंशिक प्राध्यापक संघले साउन १० गतेदेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि शुरु गरेको रिले अनसन २६ दिनदेखि आज पनि जारी छ । आफ्ना माग सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने संघले घोषणा गरेको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा