पशुपति शमशेर अदालतमा, कमल थापा भन्छन् : गाईजात्रा !

काठमाडौं २ भदौ – पूर्वपञ्चहरुको पार्टी राप्रपा विभाजनको विबाद सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीको आधिकारिकता दिलाउन मागगर्दै पशुपति शम्शेर राणा सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन आयोगमा यसअघि बुझाएको ४० प्रतिशत केन्द्रीय सदस्यको नामावली कै आधारमा छुट्टै दल दर्ताको आदेशको माग गर्दै राणा समूह शुक्रवार सर्वोच्च गएको हो । 

राप्रपा प्रजातान्त्रिक गठनको मागगKamal-Pashupatiर्दै राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो । दल विभाजनका लागि दिएको निवेदनमा मागदाबी नपुगेपछि आयोगले केन्द्रीय सदस्यको हस्ताक्षर माग गरेको थियो । हस्ताक्षर सनाखत गर्न आयोगले भदौ ४ गतेसम्मको समय दिएको छ । हस्ताक्षरको सनाखत बुझाउने म्याद सकिनु दुइदिन अघि राणा समूह अदालत गएको हो ।

रिटमा कमल थापाले आफ्ना पक्षका केन्द्रीय सदस्यलाई अपहरण शैलीमा बन्दी बनाएको दावी गरिएको छ । राणा समूहमा हस्ताक्षर गरेका एक केन्द्रीय सदस्य आङ ङिमा शेर्पा थापा समूहमै फर्किएका थिए । राणा समूहको दावीलाई थापाले भने गाइजात्राको संज्ञा दिएका छन् । ‘पशुपतीजी पनि हसाउनु हुन्छ, गाईजात्रा सकिएको त निकै भैसक्यो !’ थापाले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा