यी हुन् संसारको सर्वाधिक कमाई गर्ने नायिका

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ ।

emma_stone_q3gXFLEV3n

२८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । यो सूचीको दोस्रो स्थानमा जेनिफर एनिस्टन छिन् । उनले पछिल्लो एक वर्षमा २.५५ करोड डलर कमाएकी छिन् । उनले अमेरिकन सिटकम फ्रेन्ड्सबाट लगातार रोयल्टी पाइरहेकी छिन् । ड्रामा फिल्म द यलो बर्डमा पनि देखिइन् । यसका साथै उनी इमिरेट्स एयरलाइन्सकी ब्रान्ड एम्बेसडर पनि हुन् । यो सूचीमा जेनिफर लरेन्स तेस्रो नम्बरमा झरेकी छिन् ।

उनी पछिल्लो दुई वर्षदेखि शीर्ष स्थानमा थिइन् । लरेन्सले पछिल्लो एक वर्षमा २.४ करोड डलर कमाएकी छिन् । उनले सन् २०१६ मा कमाएको भन्दा यो आधा कमाई हो । सन् २०१६ मा उनले ४.६ करोड डलर कमाएकी थिइन् ।

एमाका फिल्मले संसारभी ४ सय ४५ मिलियन डलरको कारोबार गरेको छ । उक्त फिल्मका लागि एमाले थुप्रै अडिशन दिएकी थिइन् । ला ला ल्याण्डले अस्कर अवार्डमा १४ नोमिनेशन पाएका थिए । एमा हलिउडमा महिला र पुरुष अभिनेतालाई बराबर पारिश्रमिक दिइनुपर्छ भनेर आवाज उठाइरहेकी छिन् । उनले विभिन्न अवस्थामा यस्तो माग गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं