कांग्रेसले संविधान संशोधन गर्न एमालेलाई सहमत गरायो : मन्त्री बलायर

हेटाैंडा, १ भदौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमत गराएको बताउनुभएको छ । 

उहाँले नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज बिहान सम्बोधन गर्नुहुँदै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्धbirbahadur-balayar भई अघि बढेको उल्लेख गर्नुहुँदै नेपाली काँग्रेसका कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्नुपर्दछ भन्नुभयो । 

मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पार्नुभयो । 

सो कार्यक्रममा नेपाली काँग्रेस, मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने र कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जिल्लामा भइरहेका विकास निर्माणको गतिविधि र पार्टी संगठनलाई चुस्त बनाउन जिल्ला समितिले गरेको निर्णयलाई जनताको घरदैलोमा पु¥याउन कार्यकर्ता एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक