बाढीले २५ करोडको माछा बगायो

१ भदौ, धनुषा – बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ ।

 

Big-Fish-At-Tamor-river-1

बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।

कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए ।

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ ।

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । उनलाई एक करोडभन्दा बढीको नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा