कार दुर्घटनामा ४ जना घाइते

१ भदौ, कैलाली –  पूर्वपश्चिम राजमार्गमा पर्ने कैलालीको गौरीगंगा नगरपालिका-६ बनबेहडा नजिकै भएको कार दुर्घटनामा ४ जना घाइते भएका छन् ।

 

car-accident-kailali

धनगढीबाट चिसापानी जाँदै गरेको बा १४ च ६३७४ नम्बरको कार अनियन्त्रित भइ राजमार्गबाट खसेको थियो । दुर्घटनाका सबै घाइतेहरु धनगढीका हुन् । २० वर्षीय रिदम मगर, १९ वर्षीय रेणु मगर, २२ वर्षीय दिपेन्द्र स्वार र २६ वर्षीय आशिष सेठी घाइते भएका छन् ।

रिदम र रेणुको अवस्था चिन्ताजनक रहेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु सबैको अत्तरियास्थित पध्मा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २० वर्षीय कार चालक बिकास हमाल भने सामान्य घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो