गृहमन्त्री शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन, उद्धार कार्य तिव्र

२९ श्रावण , काठमाडौँ। अविरल वर्षाका कारण देशै भरी जन धनको क्षति बढ्न थालेपछि, शनिबार गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको छ। शनिबार बिहान ८ बजेदखि बेलुकासम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पीडितको व्यवस्थापन गर्न केही केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो।गृहमन्त्री_शर्माको_नेतृत्वमा_केन्द्रीय_कमाण्ड_पोष्ट_गठन,_उद्धार_कार्य_तिव्र6070

शनिबारनै गृहमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेका थिए भने बेलुका साढे ७ बजेनै केन्द्रीय दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तिसँग थप रणनीति तय गर्न परामर्श गरेका थिए।

बैठकले प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति  व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णय गरेको छ।शनिबार साझ सम्म, मुलुकका ११ जिल्लाहरु ९ पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही घाइते भएको गृहमन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीका ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मी प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएको मन्त्रालयले जनाएको छ।भारतीय  सुरक्षाकर्मीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ।  खोज तथा उद्दारका लागि हेलिकप्टर, मोटर बोट, र्याफ्टििङ बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको मन्त्रालयले जनाएको छ ।

झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ्टिङ बो लगायतका साधन प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिबाट आवश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलिकप्टर स्टेन्डबाई राखिएको मन्त्रालयले जनाएको छ।

मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेलिकप्टरले भर्न सकिरहेका छैनन्। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको जनाएको छ। औषधिसहितको स्वस्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको गृहले जनाएको छ।यसैगरी निजी क्षेत्रका हेलीकप्टर प्राथमिकताका साथ परिचालन गर्र्ने व्यवस्था मिलाउन नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि रहेकाले सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।  प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट विभिन्न स्थानीय भाषाहरुमा एफएम रेडियोमार्फत सर्वधारणलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अपिल गरिएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने