पाँचथरमा पहिरो, चार जनाको मृत्यु

२७ साउन, ताप्लेजुङ – पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका तीन सहित चारजनाको मृत्यु भएको छ । पहिरोमा परेर एक महिला घाइते भएकी छन् भने दुई घरमा क्षति पुगेको छ ।

Pahiro_Pachtharमृत्यु हुनेमा फालेलुङ-३ ताङ्लेपाका विष्णु भक्त राई उनकी छोरी गंगामाया र नातिनी पि्रया राई रहेको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई सामान्य घाइते भएकी छन् । शौचालय गएको बेला पहिरो झरेकाले आफू बँचेको उनले बताइन् ।

 

चुक्पादिन भन्ने स्थानमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो ।

यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको छ । शुक्रबार बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शव भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको थियो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।

लगातार परिरहेको पानी र ठाउँ-ठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुंखिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छन् । प्रहरी भने अझै घटनास्थलमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो