राजपा चुनावमा जान सकारात्मक, संशोधन विधेयक तत्काल अघि बढाइने

काठमाडौं २७ साउन– सत्तारुढ दल र मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)बीच संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको छ । 

Rajapa and PM Meeting

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शुक्रवार बालुवाटारमा बसेको सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र तथा राजपाबीच भएको छलफलमा संविधान संशोधन विधेयक अगाडी बढाउने सहमति भएको हो । 

राजपा अध्यक्ष मण्डलका नेता सरतसिंह भण्डारीले संशोधन विधेयक यथासक्य अगाडि बढाउने सहमति भएको जानकारी दिए । ‘संशोधन विधेयक अगाडि बढाउने र पारित गराउनको लागि पहल गर्ने सहमति भएको छ’ नेता भण्डारीले भने ।

तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि राजपा चुनावमा सहभागि हुन सकारात्मक बनेको हो । संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र राजपा चुनावमा सहभागि हुनेवारे सकारात्मक छलफल भएको कांग्रेस स्रोतले बतायो । 

प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने दलहरुबीच सहमति भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागि थिए ।

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि राजपाका नेताहरुलाई भेटेर चुनावमा सहभागी हुन सुझाव दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक