भोटिङलिष्टमा नाम लेखाउन पाँच बजेदेखि नै भीड, ४२ हजार भए दर्ता

साउन २७, काठमाडौँ । नाकाबन्दीको समयमा बिहानैदेखि ग्यास, तेलका लागि मान्छेहरुले ठेलम ठेल गरेर लाइन बसेको दृश्य तपाईले बिर्सनुभएको कि छैन ? काठमाडौंका केही स्थानमा हिजोआज पनि यस्ता दृश्य देख्न सकिन्छ । काठमाडौंको जिल्ला समन्वय समितिको कार्यालय र राष्ट्रिय सभा गृहको अगाडि केहीदिन देखि मानिसहरु बिहान पाँच नबज्दै लाइनमा बस्न शुरु गर्छन् । सडक किनाराको दुबैतर्फ यसरी बसेको उनीहरुको लाइन झन्डै १ सय मिटरभन्दा लामो बनेको हुन्छ । 

1

 

उनीहरु कुनै सामग्री खरिद वा बिक्रीका लागि लाइन बसेका भने होइनन् । उनीहहरु त आउदो चुनावमा भोट हाल्ने तयारीका लागि यसरी लाइनमा बसेका हुन् ।

 

निर्वाचन आयोगले गत साउन १ गतेबाट प्रदेशसभा र संसदीय निर्वाचनका लागि मतदाता नामावली संकलन थालेपछि भोटङ लिस्टमा आफ्नो नाम दर्ता गराएर मतदाता परिचय पत्र लिनका लागि फोटो खिचाउन उनीहरु लाइनमा बसेका हुन् । उनीहरु हिलाम्मे सडक र झरीको पर्वाह नगरी लाइन बसेका हुन् । 

 

यसरी लाइनमा बस्नेमा भर्खरका युवादेखि जेष्ठ नागरिक समेत रहेका छन् । कतिपय बैदेशिक रोजगारीबाट हालै फर्किएर आएका व्यक्ति पनि छन् । 

काठमाडौंको जिल्ला समन्वय समितिको कार्यालय अगाडि बिहिबार दोलखा चरिकोटकी सीतामाया लामा बिहान ८ बजे लाइनमा उभिएकी थिइन् । उनी अहिले काठमाडौमा बस्छिन् । तर दोलखा जान नसकेका कारण उनले यहीँ नाम दर्ता गराउन लागेकी थिइन् ।

 

उनीजस्तै दोलखाकै मनमाया तामाङले गएको चुनावमा भोट दिन पाइनन् । उनी पनि बिहान ६ बजेदेखि नाम दर्ताका लागि लाइनमा थिइन्  । 

दीपकबहादुर ओझा बैदेशिक रोजगारीमा थिए । उनले यसअघि निर्वाचनमा भोट हाल्न पाएका थिएनन् । उनी पनि नाम दर्ताका लागि लाइनमा बसेका थिए ।  

 

४२ हजारले नाम दर्ता गराए 
काठमाडौैंको जिल्ला समन्वय समितिको कार्यालयमा ११ काउन्टर, राष्ट्रिय सभा गृहमा १३ काउन्टर र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा ५ काउन्टर राखेर मतदाता नामावली संकलन भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म ४२ हजार नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  यसरी आयोगले राखेको छुट्टै काउन्टरबाट ४२ हजार मध्ये काठमाडौं बाहिरका २७ हजारले नाम दर्ता गराएका छन् भने यसमा राजधानीका स्थानीय तहका कार्यालयमा नाम दर्ता गराउनेको आँकडा छैन । ती निकायबाट झन्डै १० हजारले नाम दर्ता गराएको आयोगको अनुमान छ । 

 

निर्वाचन आयोगले साउन १ गतेदेखि साउन ३२ गतेसम्म सम्बन्धित जिल्ला निर्वाचन कार्यालय मार्फत मतदाता नामावलीमा नाम लेखाँउने व्यवस्था गरेको थियो तर पछि राजनीतिक दलहरुसँगको छलफलपछि राजधानी बस्नेहरुका लागि भदौ १६ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा काउन्टर राखेर मतदाता नामावली संकलन कार्य शुरु गरेको थियो ।

 

आयोगले काठमाडौं बाहिरका मतदातालाई काठमाडौंमै नाम दर्ता शिविर राखेका कारण सजिलो भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने