यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य

आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

tardigade

एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ ।

 

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्दछ ।

यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्नेछ ।

यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं