काँग्रेसका ३० जनाले दिए संयुक्त राजीनामा

२६ साउन, बाजुरा – नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले आज संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यहरु छनोटमा एकलौटी गरेकोप्रति असन्तुष्टि जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

जिल्ला समन्वय समितिको संयोजक छनोटमा जिल्ला कार्यसमितिको बैठक नै नबसी छनोट गरेको भन्दै नेपाली काँग्रेसका भ्रातृ संघसंगठनका प्रमुखहरुले पनि राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए ।

नेपाली काँग्रेसका नेताहरुले नीतिलाई लत्याएर आफू मनोमानी गरेको भन्दै ३० जनाले संयुक्त राजीनामा दिएको रोकायाको भनाइ रहेको छ । नौवटै स्थानीय तहमा रहेका नेपाली काँग्रेसका भ्रातृ संघहरुले जिल्ला समन्वय समितिको सदस्यका लागि सिफारिस गरेका भन्दा बेग्लै जिससमा पार्टीले एकलौटी छनोट गरेपछि राजीनामा दिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंहले बताए ।

नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा नेपाली काँग्रेसका छजना जिल्ला कार्यसमिति सदस्यमध्ये धनराज पण्डित, उमा रोकाया, गोविन्द सिंहलगायतले राजीनामा दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक