फेरी मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, बस र जीप त्रिशुलीमा खसे

narayangad-muglin-pahiro (1)

१८ साउन, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।इच्छाकामना गाउँपालिका ६ कालिखोलामा झरेको पहिरोले ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको स्कार्पिओ जीप बगाएर त्रिशुली नदी किनारमा खसाएको हो । यात्रुहरु सकुशल रहेको प्रारम्भिक विवरण प्राप्त भएको मुग्लिन प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको छ । हामी गाडीवालाहरुसँग पनि बिस्तृतमा बुझ्दै छौं,’ मुग्लिन प्रहरीको सन्चार शाखाका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

पहिरो झरेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ करिब ४ किलोमिटर टाढा पर्दछ । साँझको बेला पहिरो झरेकाले उद्धारमा समस्या भएको छ ।मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सो सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् । सडक बिस्तारमा तिव्रता दिन निर्देशन दिँदै उनले काममा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक