विश्व बाघ दिवस मनाइयो

काठमाडौं–स्वास्थ्य पर्यावरणको लागि बाघको संरक्षण भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ । 

दिवसको अवसरमा बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य साथ राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा अन्तरक्रिया कार्यक्रम गरेका छन् । 
कोषको केन्द्रीय कार्यालय खुमलटारमा गरिएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् ।
 संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बाघ र मानवको सहअस्तित्वलाई आत्मसाथ गर्दै बाघको संख्या बढाउनका लागि उसको उपयुक्त वासस्थान निर्माण र संरक्षणमा विचार पुर्याउनुपर्नेमा जोड दिए । 
 बाघको संख्या वृद्धि संगै मानव बाघ द्धन्द्धका घटनाहरु बढ्दै गएको सन्र्दभमा द्धन्द्ध नै नहुने स्थिति सिर्जना गर्नुपर्ने धारणा उनको थियो । 
वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघको संख्या वृद्धि संगै मानवसंगको द्धन्द्ध पनि बढेको पाईएको भन्दै मानवसंगको द्धन्द्ध व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताए । 
 परिस्थितिकीय प्रणालीको उच्च तहमा रहेको प्रजाति भएकाले बाघको संरक्षण गरेमा बाघ पाईने क्षेत्रमा समग्र वन, वनस्पति र अय वन्यजन्तु समेत संरक्षण हुने उनको तर्क थियो ।

सरकारले सन् २०२२ सम्ममा नेपालमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने लक्ष लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि