अग्नि परीक्षामा पास हुन नसके जोगी बन्न तयार छुः मन्त्री बस्नेत

१४ साउन, काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

 

संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु तत्कालीन आवश्यकता भएको भन्दै मन्त्री बस्नेतले समायोजनको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने योजनाका साथ काम गर्ने बताए ।

अहिले पनि सिंहदरबारमा बसेर थार्काएर कान नगरी खाने कर्मचारीहरु रहेको भन्दै उनले त्यस्ता कर्मचारीलाई तह लगाउने बताए । ‘हाम्रा कति कर्मचारीहरु बसी खानेछन्’ उनले भने, ‘सिंहदरबारमै बसेर काम नगरी थर्काएर खानेहरु पनि छन्, उनीहरुको व्यवस्थापन पनि हुन्छ ।’

सल्यानी युवा सञ्जाजले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बस्नेतले कर्मचारीका क्षेत्रमा रहेका र अन्य क्षेत्रका विज्ञहरुसँग मिलेर काम गर्ने बताए ।

आफूले मन्त्री पदलाई अवसर र अग्नि परीक्षाका रुपमा लिएको भन्दै उनले समग्र देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

साथै अग्नि परीक्षामा उत्तीर्ण हुन नसके जोगी भएर हिँड्न तयार रहेको मन्त्री बस्नेतले बताए । ‘यो मेरा लागि अवसर हो र अग्नि परीक्षा पनि हो,’ मन्त्री बस्नेतले भने, ‘यदि यो अग्नी परीक्षामा पास हुन सकिन भने जोगी भएर हिँड्न पनि तयार छु ।’

कार्यक्रममा सल्यान निर्वाचन क्षेत्रक्षेत्र नं. २ का सांसद तथा अर्थ समितिका सभापति प्रकाश ज्वालाले एउटै जिल्लाबासी भएकोले मन्त्री बस्नेतलाई हिरो भएर मात्रै मन्त्रालयबाट निस्कन सुझाव दिएका छन् । ‘एउटै जिल्लाबासी र साथीका नाताले म उहाँलाई सहयोग गर्छु’ उनले भने,’यही मन्त्रालय सम्हालेका लालबाबु पण्डित र रेखा शर्मा राम्रो काम गरेर हिरो भएर निस्किए, तपाई पनि त्यसरी नै निस्कनु पर्छ ।’

कार्यक्रममा सल्यानबासीहरुले बहुदलपछि सल्यानले पहिलो पटक मन्त्री पाएको भन्दै मन्त्री बस्नेतलाई सम्पूर्ण सल्यानीहरुको शीर उच्च हुने गरी काम गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न