प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

१३ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए ।7पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा छैन । उहाँले सपना देखेको पनि हुनसक्छ । तर, पार्टी एकताबारे मेरो कुनै कुरा भएको छैन ।’

 

पूर्व माओवादी नेता समेत रहेका उनले अघि भने, ‘तत्काल पार्टी एकताको सम्भावना पनि छैन ।’

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय सचिवालयको बिस्तारीत बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा आउन आह्वान गर्ने निर्णय गरेको थियो ।

फोरमसँग चुनावी तालमेलको प्रयास

कार्यक्रममा भट्टराईले संघीय समाजवादी फोरमसँगको एकता प्रयास पनि असफल भएको स्वीकार गरे । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादलाई सिद्धान्त बनाउनु पर्ने अडान राखेर फोरमले परम्परावादी राजनीतिमा जोड दिएको उनको आरोप छ ।

‘केही वैचारिक राजनीतिक कुरा हो । पार्टीको नाम र संंगठनात्मक संरचनामा पनि सहमति हुन सकेन’ उनले भने, ‘एकता प्रयास अहिलेलाई अन्त्य भयो ।’

यद्यपि पार्टी एकता नभए पनि प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा तालमेलको प्रयास हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको