१३ साउन काठमाडौं । राजधानीको मुख्य २२ स्थानमा ढल र खानेपानीको पाइप फुटेर सडक क्षेत्र अस्तब्यस्त भएको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सुन्धाराचोकदेखि भोटोहिटी, जमल, नारायण गोपालचोक, चावाहिलदेखि गोपिकृष्णचोक तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतिघरमा पानीको लिकेजको समस्या ब्यापक छ ।
त्यस्तै नक्सालदेखि भगवती बहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि पानि लिकेजको समस्या छ । त्यस्तै पुतली सडकदेखि कृण पाउरोटी, कमलादीदेखि त्रिचन्द्र क्याम्पससम्म, रातोपुल गौशाला र हात्तिसारको जयनेपाल हल नजिकमा पनि ढल लिकेजको समस्या रहेको सडक विभागले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र ढल निकास विभागलाई यस्तो फुटेका ढल र पाइप छिटो जेडेर सुचारु गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयमा बसेको बैंठकमा सडक विभागका प्रतिनिधिहरुले तत्काल यस्ता लिकेजहरु बन्द गरिदिए मात्रै सडक मर्मत गर्न सक्ने बताएपछि प्रधानमन्त्रीको कार्यालयले यस्तो निर्देशन दिएको हो ।
तत्काल सडक मर्मत गरेपनि पानी र ढलको लिकेजका कारण त्यस्तो सडक लामो समय नटिक्ने सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बैठकमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्यालयले १५ गतेभित्र २२ स्थानमा पानी तथा ढलको लिकेज हटाउन निर्देशन दिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको