१२ साउन, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पोखराबाट कास्कीको बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो ।
दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले प्रहरीलाई उदृत गर्दै जानकारी दिए । त्यस्तै दुर्घटनाग्रस्त बसभित्र दुई जना च्यापिएको उनले जानकारी दिए । आफू घटनास्थलतर्फ जाँदै गरेको बताउँदै प्रजिअ मैनालीले च्यापिएकाको छिट्टै उद्दार हुने बताए ।
बसमा करीव ३५ यात्रु सवार रहेको र अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । रुदीखोला जलबिद्युत परियोजनाले निर्माण गरेको मोटरेवल पुल भाँचिएको हो । गत असार १६ गते खोलामा आएको बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘बी’ जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग