सांसद खरिदबिक्रि भएमात्र संविधान संसोधन हुन्छः बिजुक्छे

११ साउन, भक्तपुर  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांसद खरिदबिक्रि नभए संबिधान संसोधनले पूर्णता नपाउने बताएका छन् ।

narayanman-bijukchhe-micरफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले संशोधनकोे बिषय जति उठान गरे पनि सांसदको खरिद बिक्रि नभए त्यसले पूर्णता पाउन नसक्ने भन्दै यदि संबिधान संसोधन भइहाले त्यो देशकै लागि घातक सावित हुने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिगतमा भनेझै भारतले नेपालको सानो सानो बिषयमा समेत हस्तक्षेप गरिरहेको उनको भनाई थियो ।

भारतले कार्यालय सहायकदेखि लिएर देशका महत्वपूर्ण पदका साथै रोटी बेटीको सम्बन्ध देखाएर तराइका बिभिन्न पारीवारीक घटनाहरुमा समेत हस्तक्षेप गरेको भन्दै विजुक्छेले त्यसालाई साथ दिने काम सरकार र महत्वपूर्ण पदमा रहेकाहरुले गरिरहेको आरोप लगाए ।

भारत र चीनको सिमाका बिषयलाई लिएर जसरी आफूले अडान लिइरहेका छन् त्यसबाट नेपाल सरकारले सिक्नु पर्ने भन्दै नेपाल र नेपालीको सुरक्षाका लागी नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाको भूमिका नदेखिएको उनले बताए ।

उनले वर्तमान सरकार निमार्णको प्रक्रिया ढिलाई हुनुमा आर्थिक चलखेल रहेको र कसरी कुन मन्त्रालायबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिन सक्छ भन्ने खेलकै कारण वर्तमान सरकारले पूर्णता पाउन नसकेको विजुक्छेले दावी गरे ।

दूई बिपरित धारका पार्टीहरुको मेलबाट बनेको नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनको सरकार बाँदर र बाघको मित्रता जस्तै भएकोले यी दुई पार्टीबीचको पछिल्लो मित्रता नेपाली राजनीतिमा बुझन नसकिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको