July 25, 2017

छ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

१० साउन, दाेलखा । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले छ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।

विनोदको शव छ वर्ष अगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालीञ्चोक गाविस–९ स्थित गणेश थुम्की नजिकै कुरी जाने भन्ज्याङ गौडा नजिकै फेला पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो