खाल्डोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई १० लाख क्षतिपूर्ती

८ साउन, दार्चुला । शैल्यशिखर नगरपालिका १ बलाँचमा पानीको खाल्डोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई चमेलिया जलविद्युत् आयोजनाले १० लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको छ ।

darchula-dead

 

आइतबार चाइना गेजुवा ग्रुप पावर अफ कम्पनी, पीडित पक्ष र प्रहरी प्रशासनको त्रीपक्षीय वार्तापछि क्षतिपूर्ती बाफत आयोजनाले १० लाख रुपैयाँ दिने सहमति भएको बलाँच प्रहरी चौकीका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बलाँचमा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाको निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी निकालेर बनेको खाल्डोमा भरिएको पानीमा डुबेर बालिकाको मृत्यु भएपछि परिवार र स्थानीयले क्षतिपूर्तीको माग गर्दै बिरोध गरेका थिए ।

चाइना कम्पनीले निर्माण सामग्री निकाल्दा बनेको खाल्डोमा परी शनिबार बजार जाँदै गरेकी बलाँचका हर्कबहादुर खडायतकी १० बर्षीया छोरी अनिसा खडायतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने